र्यालीमा निस्किएका केसी समर्थक डाक्टर प्रहरी नियन्त्रणमा

 काठमाडाै‌ं– डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालबाट र्याली निकालिरहेका डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले १ दर्जन भन्दा बढी डाक्टर पक्राउ गरेको हाे ।

आज बिहान शिक्षण अस्पतालबाट डा. केसीको समर्थनमा निकालिएको र्याली शितल निवासतर्फ जानेक्रममा प्रहरीले धरपकड गर्दै डाक्टरहरु पक्राउ गरेको हो ।प्रहरीले नेशनल रेसिडेन्टल डाक्टर एशोसियसनका अध्ययक्ष डा. सुमित पाण्डेसहित र्यालीमा रहेका डाक्टरलाई पक्राउ गरेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारत भएपनि केसी समर्थक डाक्टर तथा सर्वसाधारण आन्दोलित भएका छन् । केसीको समर्थनमा रहेका डाक्टरहरुले सोमबारदेखि नै शिक्षण अस्पताल परिसरमा रिले अनशन सुरु गरिसकेका छन् ।

तस्बिरहरु:

 





 

  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १२:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया