आइएसएमटीका सन्चालक उप्रेतीविरुद्ध सम्पत्ति शुद्धिकरणकाे छानबिन

नेपालमा विदेशी डिग्री अध्यापन गराइरहेको आइएमएटी नामको कलेजका सन्चालक गणेशकुमार उप्रेतीले मौद्रिक अपचलन गरेको भन्दै सम्पत्ति शुद्धिकरणले छानबिन सुरु गरेको छ ।

नेपालमा कलेज व्यवसाय सन्चालन गरे पनि उप्रेतीले अष्ट्रेलिया र बेलायती बैंकमा पैसा राखेको आधारहरुसहित उजुरी परेकाले सम्पत्ति शुद्धिकरणले छानबिन सुरु गरेको हो । 

सम्पत्ति शुद्धिकरणका एक अधिकारीका अनुुसार उप्रेतीमाथि मौद्रिक अपचलनमा मुद्दा चलाउने तयारी सुरु भइसकेको छ । सम्पत्ति शुद्धिकरण विभागले उप्रेतीसँग यस विषयमा कागजात माग गरिसकेको र उनले ‘जस्टिफाइ’ हुनसक्ने कागजात दिन नसकेको ती अधिकारीले फरकधारलाई बताए । 

योगेश उप्रेतीको नामले समेत चिनिने गणेशकुमार उप्रेतीले अष्ट्रेलियाको कमनवेल्थ बैंकबाट कारोबार गर्ने गरेको, नेपालमा कर छली गरेको प्रमाणहरु सम्पत्ति शुद्धिकरण विभागले जुटाइसकेको र छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको विभागका ती अधिकारीले फरकधारलाई जानकारी दिए ।

उप्रेती यसअघि पनि कलेज सन्चालनमा कानुनी छिद्रहरु प्रयोग गरेर विवादमा आइसकेका थिए ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १९:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया