सत्यमोहन जोशीलाई डेंगी र पिसाबमा संक्रमण, अस्पताल भर्ना
फाइल तस्वीर ।

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । उनी अहिले चिकित्सकहरुको निरन्तर निगरानीमा छन् । 

अस्पतालमा पुगेर रगत जाँच गर्दा जोशीलाई डेंगी संक्रमण भएको पुष्टि भएको छ । साथै उनको पिसाबमा संक्रमण देखिएको र छाती तथा मुटुको समस्या पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।

शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नु पर्ने स्थिति नरहेको बताइएको छ ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार २१:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया