जर्मनी घरेलु मैदानमै पराजित

युइएफ  नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा घरेलु टाेली जर्मनीले पराजय बेहाेरेकाे छ । उसले लिग ‘ए’अन्तर्गत समूह ‘थ्री’काे खेलमा हङ्गेरीसँग १-० ले पराजय बेहाेरेकाे हाे ।

लाइप्जिस्थित रेड बुल एरिनामा खेलकाे  १७ औं  मिनेटमा एडम साजलाइले गरेकाे एक मात्र  गाेल पाहुना टाेलीलाई जित दिलाउन प्रर्याप्त बन्याे । उनले  डाेमाेनिक साेबाेस्लाइकाे पासलाई सदुपयाेग गरेका थिए ।

याे जितसँगै पाँच खेलमा १०अंक जाेडेकाे हङ्गेरी शीर्ष स्थानमा उक्लिँदा पहिलाे पराजय बेहाेरेकाे जर्मनी समान खेलबाट ६ अंकका साथ तेस्रोमा छ ।

लिग अन्तर्गतकै अन्य खेलमा इस्टाेनिया र जर्जियाले जित हात पार्दा फिनल्याण्ड बराबरीमा राेकिएकाे छ । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ६:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया