मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत गएरातिको खेलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले जित हात पारेको छ । उसले अफ्रिकन राष्ट्र धानाविरुद्ध ३-० को सहज जित हात पारेको हो ।

फ्रान्सकाे स्टेड ओसियनमा ब्राजिललाई जित दिलाउ रिचार्लिसनले दुई तथा मार्किन्हाेसले एक गाेल गरे । खेलकाे नवाैं मिनेटमा मार्किन्हाेसकाे गाेलमार्फत ब्राजिलले अग्रता लिएकाे थियाे ।

२८ औं मिनेटमा रिचार्लिसनले टाेलीकाे अग्रता दाेब्बर बनाए । ४० औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गाेल गर्दै ब्राजिललाई ३-० काे सहज जित दिलाए । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ७:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया