पूर्व प्रेमी कोठामा आएपछि श्रीमान् र पूर्व प्रेमीबीच कुटाकुट

कैलालीमा एक जना स्वास्थ्यकर्मी पूर्व प्रेमिका माथि दुर्व्यवहार गरेको आरोप पक्राउ परेका छन् । डोटीको सायल गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्ज भरत भनिने दीर्घ खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा खड्कालाई पक्राउ गरिएको जानकारी दिए । जोशीका अनुसार खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । उनी खड्काकी पूर्व प्रेमिका समेत रहेको खुलेको छ । ती महिला विवाहित हुन् ।

धनगढी आएका बेला उनी आफ्नो सहकर्मीसमेत रहेकी पूर्व प्रेमिकाको कोठामा गएका बेला उनका श्रीमानले देखेका थिए । सोही क्रममा विवाद हुँदा घटना प्रहरी कार्यालयसम्म पुगेको प्रहरीले जनाएको छ । विवादका क्रममा उनीहरुबीच कुटाकुट समेत भएको थियो ।

महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न खोजे पनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको बताइएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ९:५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया