एमाले अध्यक्ष ओलीलाई जनकपुरधाममा युवाहरूले देखाए कालो झण्डा

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजना हुन लागेको नेकपा एमालेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई युवाहरूले कालो झण्डा देखाएका छन् । 

दुवै सदनबाट पारित गरिएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसमा एमालेले समर्थन गरेको भन्दै युवाहरूले ओलीलाई कालो झण्डा देखाएका हुन् ।

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले ओलीलाई कालो झण्डा देखाएका छन् । 

उनीहरूले स्थानीय भानु चोकमा नाराबाजीसमेत गरेका हुन् । पूर्व प्रधानमन्त्री ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमाले प्रवेश गराउन धनुषा आइपुगेका छन् ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १३:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया