राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको जनमत पार्टीको आरोप छ । त्यस्तै सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेकोले जनमतले आन्दोलन घोषणा गरेको पार्टी अध्यक्ष डा. सीके राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
असोज ९ र १० गते हरेक वडा स्तरमा दशैंको शुभकामना दिनुका साथै नागरिकताको अधिकार खोसेको विषयबारे माइकिङ गर्ने, असोज ११ देखि १८ गतेसम्म वडा स्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते किसान आन्दोलनको माग सम्बोधन नगर्ने र नागरिकता अधिकार खोस्नेहरूको रावण रूपी पुतला दहनको कार्यक्रम राखिएको अध्यक्ष राउतले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।