अग्रता जोगाउन नसक्दा नेसन्स लिगमा नर्वेको पहिलाे हार

युइएफए नेसन्स लिगमा नर्वेले पहिलाे हार बेहाेरेकाे छ । उसले गएराति लिग `बी´ अन्तर्गत समूह चारकाे खेलमा घरेलु टाेली स्लाेभेनियासँग २-१ काे हार बेहाेरेकाे हाे ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा नर्वे स्तब्ध बन्न पुग्याे । स्टोजिस स्टेडियममा खेलकाे ४७ औं मिनेटमा एर्लिङ हालान्डले गाेल गर्दै पाहुना टाेलीई सुरुवाती अग्रता दिलाएका थिए ।

६९ औं मिनेटमा एन्द्रेज स्पोररले स्लाेभेनियालाई १-१ काे बराबरीमा ल्याए । ८१ औं मिनेटमा बेन्जामिन सेस्कोले गाेल गर्दै घरेलु टाेलीलाई २-१ काे राेमाञ्चक जित दिलाए ।

हारका बाबजुत पाँच खेलमा १० अंक जाेडेकाे नर्वे शीर्ष स्थानमा कायम रहँदा जित निकालेकाे स्लाेभेनिया समान खेलबाट पाँच अंकका साथ तेस्रोमा छ।





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ६:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया