ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने

बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अली फजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरूले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय लिएका हुन् । उनीहरू आफ्नो विवाहमा पाहुनाले चित्त बुझुन्जेल तस्बिर खिचुन् भन्ने चाहन्छन् ।

उनीहरूको प्रि वेडिङ सेरेमोनी नयाँ दिल्लीमा हुँदै छ । नयाँ दिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरूको विवाहको तीन दिनको कार्यक्रम हुनेछ ।  





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ८:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया