नागरिकता विधेयक सम्बन्धीको रिटमाथि आज सुनुवाइ हुँदै
फरकधार / ९ असोज, २०७९

नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी परेको रिटको सुनुवाइ आज हुँदैछ । आजका लागि पेसी तोकिएको भए पनि समय भने निर्धारण भइसकेको छैन ।



यसअघि शुक्रबारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको उल्लङ्घन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएपछि सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै रिट दर्ता भएको थियो ।

अधिवक्ता सागर बराल, डा. सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गरेका हुन् । 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ८:५७:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया