स्विट्जरल्याण्डले नस्ट गर्‍यो २८५ मिलियन डलर बराबरको खोप

स्विट्जरल्यान्डले म्याद मोडर्नाको कोभिड १९ को ३ लाख डोज खोप नष्ट गरेको छ । यसै साता म्याद सकिएपछि ती खोप नस्ट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  नष्ट गरिएको खुराकको कुल लागत लगभग २८५ मिलियन डलर बराबर छ ।

१० दशमलब ३ मिलियन डोजमध्ये २ दशमलब ५ मिलियन आर्मीको लजिष्टिक आधारमा राखिएको थियो भने बाँकी बेल्जियमको बाह्य भण्डार डिपोमा राखिएको थियो । 
यो उल्लेखनीय छ कि ८७ लाख मात्र जनसंख्या भएको स्विट्जरल्यान्डले कुल ३ करोड ४० लाख डोज खोप खरिद गर्‍यो । 

यद्यपि स्विट्जरल्यान्डले कोभिड भ्याक्सिनलाई ठूलो मात्रामा नष्ट गरिरहेको यो पहिलो पटक भने होइन । रिपोर्टअनुसार मे महिनामा उसले ६ लाख २० हजारभन्दा बढी म्याद समाप्त खोप नष्ट गरेको थियो । खोपको माग घटेपछि तिनीहरूको म्याद गुज्रिएको थियो ।





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ११:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया