शरणार्थी शिविरमा बस्ने गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ

गत बुधबार इलामको चुलाचुलीमा भएको हत्यामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राईलाई पक्राउपछि सार्वजनिक गरेको हो।

उनीहरूले प्रहरीसमक्ष गुरुङलाई कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०–१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए।

घाइते गुरुङको अस्पताल लाँदा बाटोमै मृत्यु भएको थियो ।


 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ११:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया