काङ्ग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा स्थगित

बुटवल– प्रदेश नं ५ को प्रदेशसभा शुक्रबार विपक्षी दल नेपाली कांग्रेससको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै कांग्रेसले सदनमा अवरोध गरेको हो ।
 
विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा. केसीको जीवनरक्षा र निर्मला हत्याकाण्डका आरोपित अहिलेसम्म पनि पक्राउ नभएकाले खेद व्यक्त गर्दै सदन सञ्चालन हुन नसक्ने घोषणा गरेपछि बैठक स्थगित भएको हो । 

सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलको विरोध भएकाले सदन सञ्चालन हुन नसकेकाले आगामी २२ गतेसम्मका लागि प्रदेशसभा स्थगन भएको घोषणा गरेका थिए । 

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ तथ्यांकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस हुने कार्यसूची रहेको थियो । तर, बैठक अवरुद्ध भएपछि पेस हुन पाएन । 





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १५:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया