बाहिरी हस्तक्षेपविरुद्ध चीनको कडा चेतावनी

चीनले आफ्नो स्वशासित टापुलाई पुनः एकीकरण गर्ने संकल्पको बाटोमा आउने जो कोहीलाई पनि उचित जवाफ दिने भन्दै विश्व नेताहरूलाई चेतावनी दिएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्र संघको महासभामा भने, ‘चीन एकताबद्ध हुँदा मात्रै ताइवान सागर क्षेत्रमा साँचो शान्ति हुन सक्छ,’ उनले भने, ‘बाहिरी हस्तक्षेपको जवाफ दिन चीनले सबैभन्दा बलियो कदम चाल्नेछ ।’

चीनले ताइवानमाथिको आफ्नो दाबीको कडा प्रतिवाद गर्दै आएको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भयो ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको केही समयअगाडि भएको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव बढ्दै गएको हो ।





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १२:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया