दसैं-तिहारको बिदामा पनि अध्यागमनले काम नरोक्ने

अध्यागमन विभागले आगामी विजयादशमी र दीपावलीको अवसरमा हुने बिदा दिनमा पनि आफ्नो कार्यलाई निरन्तरता दिने भएको छ । विभागले दसैँ र तिहारको बिदामा पनि पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला गर्ने भएको हो । 

दसैँ तथा दीपावलीको लामो बिदा हुने अवधिमा पनि निश्चित समय तोकेर पर्यटक भिसा र एजेन्सी शाखा खुल्ला गर्ने विभागले जानकारी दिएको हो । अध्यागमन विभागले विजयादशमी (टिका)को दिनबाहेक अन्य दिनमा कार्यक्रमको काम जारी राख्ने भएको हो ।

विजयादशमीको अवधिमा असोज १६ गतेदेखि २१ गते (तदनुसार सन् २०२२ अक्टोबर २ देखि सन् २०२२ अक्टोबर ७) मध्ये विजया दशमीको दिन आश्विन १९ गते (अक्टोबर ५) का दिन वाहेक बडा दशैँका अन्य विदाका दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रवाह गर्ने विभागले जनाएको छ । 

त्यस्तै, विभागले दिपावली (भाइटीका)को दिन बाहेक अन्य दिन काम सुचारु गर्ने भएको छ । दीपावलीको अवधि कात्तिक ७ देखि कात्तिक ११ गते (तदनुसार सन् २०२२ अक्टोबर २४ देखि सन् २०२२ अक्टोबर २८) मध्ये भाइटिकाको दिन कात्तिक १० गते (अक्टोबर २७) बाहेक दीपावलीका अन्य बिदाका दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रवाह हुनेछ । 

गत अगष्ट महिनामा एक लाख २१ हजार ६५७ जना नेपाल भित्रिएका छन् । नेपालमा भित्रनेका पुरुष ८६ हजार ७०२ जना छन् भने महिला ३४ हजार ९४४ जना रहेका छन् । साथै, तेस्रो लिङ्गी ११ जना रहेका छन् । 

त्यस्तै, अगष्ट महिनामा नेपालमा अन्य मुलुकमा जानेको संख्या एक लाख ७३ हजार ७३५ रहेको छ । नेपालबाट अन्य मुलुक प्रस्थान गर्नेमा एक लाख २५ हजार ७५९ जना पुरुष रहेका छन् भने ४७ हजार ९६१ जना महिला रहेका छन् । साथै, तेस्रो लिङ्गीको संख्या भने १५ रहेको छ । 



त्यसैगरी, अगष्ट महिनामा दुई लाख ९५ हजार ३९२ जना यात्रुले आवतजावत गरेको अध्यागमन विभागले जनाएको छ । 



  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १२:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया