शिक्षक भट्टराईद्वारा विपन्न विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री सहयोग

युनियन एजुकेसनका निर्देशक तथा रन्त मावि तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् । असोज ९ गते रत्न माविमा अध्ययनरत १३८ जना बाल कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन् । 

आर्थिक रूपमा विपन्न, असहाय १३८ जना विद्यार्थीलाई सहयोग गर्ने  योजना रहेको भट्टराईले जानकारी दिए । यसअघि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भट्टराईले तनहुँको व्यास–७ शेराटारस्थित  समता विद्यालयका बालबालिकालाई विद्यालय पोसाक र खाद्यान्न सहयोग गरेका थिए । 

भट्टराईले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र अन्य कारणले अभिभावकको मृत्यु भएका परिवारका  ४५ जना बालबालिकालाई ५६ हजार बराबरको विद्यालय पोसाक र खाद्यान्न सामग्री सहयोग गरेका थिए । 

पछिल्लो समय समाज सेवामा भट्टराई  सक्रिय छन् । विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको भट्टराईको भनाई छ । 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १६:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया