अस्ट्रियालाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनल फाेरमा

युइएफए नेसन्स लिग अन्तर्गत गएरातिकाे खेलमा जित हात पार्दै क्रोएसियाले फाइनल फाेरमा स्थान पक्का गरेकाे छ । उसले घरेलु टाेली अस्ट्रियाविरुद्व ३–१ को जित निकाल्दै लिग `ए´ अन्तर्गत समूह एककाे शीर्ष स्थानमा रहँदै फाइनल फाेरमा स्थान पक्का गरेकाे हाे ।

अर्नस्ट हापल स्टेडियममा क्रोएसियालाई जित दिलाउन कप्तान लुका माेड्रिच,मार्काे लिभाजा र डिजान लोभरेनले एक/ एक गोल गर्दा अस्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा मोड्रिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिएकाे थियाे । नवौं मिनेटमा बाअमगार्टनरले घरेलु टाेलीका लागि बराबरी गोल फर्काए । ६९ औं मिनेटमा लिभाजाले गोल गर्दै पाहुना टाेलीलाई २-१ ले अघि बढाए ।

७२ औं मिनेटमा लोभरेनले गोल गरेपछि क्रोएसियाले ३-१ को जित निकाल्याे । याे जितसँगै शीर्ष स्थानकाे क्रोएसियाले ६ खेलमा १३ अंक जाेड्दा  पराजित अस्ट्रिया खेलबाट समान चार अंकका साथ पुछारमा रहँदै लिग `बी´ मा घटुवा भएकाे छ ।

लिगअन्तर्गतकै अन्य खेलमा अजरबैजान, फाराेइ आइल्याण्ड र माल्दाेभाले जित हात पारेका छन् ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ७:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया