इटालीले पाउँदैछ पहिलो महिला प्रधानमन्त्री

इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ । योसँगै सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छिन् । 

निर्वाचनपछिको मत सर्वेक्षणहरूले उनको पार्टी विजयउन्मुख देखाएका हुन् । कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१–४५ प्रतिशत र वाम गठबन्धनले २५–२९ प्रतिशत मत ल्याएको छ । 

सन् २०१८ को निर्वाचनमा उनको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको ४ दशमलब ३ प्रतिशत मत प्राप्त गरेको थियो । चार वर्षपछि उनको पार्टीले २२ दशमलब ५ देखि २६ दशमलव ५ प्रतिशत ल्याएर विजयी हुँदैछ । 

मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्दैछिन् । ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका लागि चुनौती हुनेछ ।  
 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ७:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया