बेल्जियमलाई हराउँदै नेदरल्याण्ड्स नेसन्स लिगको फाइनल फाेरमा

युइएफए नेसन्स लिग अन्तर्गत गएरातिकाे खेलमा जित हात पार्दै नेदरल्याड्सले फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे छ । उसले बेल्जियमविरुद्ध १–० को जित हात पार्दै लिग `ए´ अन्तर्गत समूह चारकाे शीर्ष स्थामा रहेर फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे हाे ।

घरेलु मैदान जोहान क्रुइजफ एरिना (एम्स्टर्डम) मा खेलकाे ७३ औं मिनेटमा भर्गिल भान डाइकले गरेकाे एक मात्र गाेल नेदरल्याण्ड्सलाई जित दिलाउन पर्याप्त बन्यो ।

उनले कोडी गाक्पोकाे पासलाई सदुपयोग गरेका थिए । जितसँग शीर्ष स्थानकाे नेदरल्याण्ड्सले ६ खेलमा १६ अंक जोड्दा पराजित बेल्जियम समान खेलबाट १० अंकका साथ दोस्रोमा रह्यो ।

यही समूहकाे अर्काे खेलमा पाेल्याण्डले घरेलु टोली वेल्सलाई १–० ले पराजित गरेकाे छ । ​कार्डिफ सिटी स्टेडियमा खेलको ५७ औं मिनेटमा कारोल स्विडेर्स्कीले गरेकाे एक मात्र गोल पाहुना टोलीलाई जित दिलाउन पर्याप्त बन्यो । 

जितसँगै ६ खेलमा सात अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहँदा पराजित वेल्स समान खेलबाट १ अंकका साथ पुछारमा रहँदै लिग `बी´ मा झरेको छ ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ८:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया