यूएईविरुद्धको पहिलो टी-२० मा बंगलादेशको कठिन जित

घरेलु टोली यूएईविरुद्धको अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा बंगलादेश विजयी भएको छ । ऊ गएरातिको खेलमा सात रनले विजयी भएको हो ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको यूएईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो । उसका लागि चिराग सुरीले सर्वाधिक ३९ रनको योगदान दिए ।

आयन अफ्जल खानले २५,आर्यन लाक्राले १९, वृत्य अरविन्दले १६, मोहम्मद वासिमले १५, कार्तिक मेइयाप्पनले १२ तथा जुनैद सिद्दिकीले ११ रन जोडे । बंगलादेशका लागि सोरिफुल इस्लाम र मेहदी हसनले तीन/तीन तथा मुस्ताफिजुर रहमानले दुई विकेट लिए । दुई विकेट रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५८ रन बनायो । उसका लागि अफिफ हुसेनले ५५ बलमा सात चौका र तीन छक्कासहित अविजित ७७ रनको पारी खेले ।

कप्तान नुरुल हसनले अविजित ३५, लिटन दासले १३ र मेहदी हसनले १२ रनको योगदान दिए । यूएईका लागि कार्तिक मेइयाप्पनले तीन तथा सबिर अली र आयन अफ्जल खानले एक/एक विकेट हात पारे ।

यो जितसँगै बंगलादेशले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । बंगलादेश र यूएईबीचको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ । 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ८:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया