काठमाडाैं– शुक्रबार भइरहेकाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ राेजेकाे यूएईले १९.२ ओभरमा १०७ रन बनाउँदा सबै विकेट गुमायाे ।
याे नेपालका लागि सहज लक्ष्य हुने अनुमान धेरैले गरेका छन् ।
पहिलाे इनिङ्मा युएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाएका थिए । ४३ बलमा ४४ रन बनाएका रिजवनलाई अविनाशले आउट गरे । रिजवनले चार चौका र एक छक्का प्रहार गरे । युएईका साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रन बनाए । घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा समेटिए । मोहम्मद उस्मानले रन जोड्न सकेनन् ।
नेपालका लागि अविनाश बोहराले चार ओभर बलिङ गर्दा २० रन खर्चेर तीन विकेट लिए । सोमपाल कामीले अस्फाक र घुलाम तथा सन्दीप लामिछानेले साइमन र उस्मानलाई पेभेलियन फर्काए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।