बंगलादेशविरुद्धको खेलमा किरणले नै नेपालको कप्तानी गर्ने

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण चेम्जोङले  नै गर्ने भएका छन् । नेपालले घरेलु मैदानमा मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । 

बंगलादेशविरुद्धको खेलअघि आयोजित प्रि(म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिएको हो । सोमबार आयोजित प्रिम्याच कन्फरेन्समा कप्तानको रुपमा किरण उपस्थित थिए ।

यसअघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । 

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् । किरण यसै मैत्रीपूर्ण खेलबाट टोलीमा फर्किन लागेका हुन् ।

त्रिपरेश्वरस्थित दशरथ रंगशालामा साँझ  साढे पाँचबाट सुरू हुने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स च्यानलबाट गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

दुवै टोलीले मैत्रीपूर्ण खेलका लागि तयार रहेको र जित्न निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १८:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया