पारस शाह अस्पतालबाट डिस्चार्ज, मुटु अत्यन्त कमजाेर

काठमाडाैं– तेस्राे पटक हृदयघात भएपछि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएकाे अस्पतालले जनाएकाे छ । उनकाे स्वास्थ्यमा सुधार आएकाले डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे छ । 

शुक्रबार अस्पतालबाट घर लैजान बहिनी प्रेरणा सिंहलगायत अन्य आफन्त अस्पताल पुगेका थिए । उनी आइतबार दिउँसाे साढे चार बजे अस्पताल भर्ना भएका थिए । 

मुटुमा समस्या देखिएपछि अस्पताल पुगेका पारसकाे मुटुमा एन्जियाेप्लास्टी गर्दै दुई वटा स्टेन्ट राखिएकाे थियाे । उनकाे अवस्था अहिले सामान्य भएकाे अस्पतालले जनाएकाे छ । 

'अब उनले खानपान र जीवनशैलीमा विशेष ख्याल गर्नुपर्छ,' उनकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन्, 'उनकाे मुटु अत्यन्त कमजाेर भएकाे छ । त्यसैले उनले विशेष ख्याल गर्नु पर्ने हुन्छ ।'

पारसले नियमित फलाे अप गर्नु पर्ने अस्पतालले जनाएकाे छ । यसअघि पारसलाई २०६३ सालमा र ०७२ सालमा पनि हृदयघात भएकाे थियाे । 

 





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १७:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया