हंगेरीलाई हराउँदै इटाली नेसन्स लिगको फाइनल फाेरमा

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा जित हात पार्दै इटालीले फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे छ ।

उसले घरेलु टाेली हंगेरीलाई २–० ले पराजित गर्दै लिग `ए´ अन्तर्गत समूह तीनकाे शीर्ष स्थानमा रहँदै फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे हाे ।​

पुस्कास एरिनामा इटालीलाई जित दिलाउन गियाकाेमाे रास्पडाेरी र फेडेरिकाे डिमार्काेले एक/एक गाेल गरे ।

खेलकाे २७ औं मिनेटमा रास्पडाेरीकाे गाेलमार्फत इटालीले अग्रता लिएकाे थियाे । ५२ औं मिनेटमा डिमार्काेले गाेल गर्दै पाहुना टाेलीलाई २–० काे जित दिलाए ।

जितसँगै शीर्ष स्थानको इटालीले ६ खेलमा ११ अंक जोड्दा पराजित हंगेरी समान खेलबाट १० अंकका साथ दोस्रोमा रह्यो ।

लिगअन्तर्गतकै अन्य खेलमा जर्जिया,बुल्गेरिया र फिनल्याण्डले पनि जित हात पारेका छन् ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ६:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया