‘पुटिनको आंशिकरूपमा सेना परिचालनको आदेशमा त्रुटीपूर्ण’

बढ्दो सार्वजनिक विरोधबीच क्रेमलिनले युक्रेनमा लड्न रुसीहरूलाई परिचालन गर्ने अभियान गल्ती भएको संकेत गरेको गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ती भएको संकेत गर्दै त्यसलाई सच्याइने बताए । उनले  भने, ‘सबै त्रुटीहरू सच्याइनेछ ।’

पुटिनले गत साता युक्रेनमा लड्न ३ लाख रुसीलाई परिचालन गर्ने आदेश दिएका थिए । तर, धेरै सैन्य अनुभव नभएका र असक्षम व्यक्तिलाई पनि परिचालनको तयारी गरिएको विभिन्न रिपोर्टमा जनाइएको थियो । परिचालनको विरोधमा रुसभर विरोध भएको छ । हजारौँ प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ ।

पुटिनले रिजर्भिस्टलाई परिचालन गर्न दिएको आदेशले रुसी सेनाहरू युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाएको पश्चिम र युक्रेनका धेरै सैन्य विशेषज्ञहरूले दाबी गरेका छन् । मस्कोले युक्रेनमाथि हमला सुरु गरेको  सात महिना भन्दाबढी समय भएको छ । 

यसैबीच, रुसमा सामेल हुन स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरूले बताएको बिबिसीले जनाएको छ । 

दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर–घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चार माध्यमहरुले प्रचार गरेका छन् । 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ९:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया