मेस्सी भन्छन्- बार्सिलोनामा नेयमारसँग लामो समय सँगै खेल्ने इच्छा पूरा भएन

लियोनल मेस्सीले स्पेनिस ला लिगा क्लब बार्सिलोनामा नेयमारसँग लामो समय सँगै खेल्ने इच्छा भए पनि त्यो पूरा हुन नसकेको बताएका छन् । यद्यपि उनले अहिले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा नेयमारसँग पुनः सँगै खेल्न पाउँदा भने खुसी लागेको बताएका छन् ।

मेस्सी र नेयमारले बार्सिलोनाबाट चार सिजन सँगै खेलेका थिए । बार्सिलोनाले दुई ला लिगा, तीन कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जित्दा उनीहरू क्याम्प नोउका प्रमुख खेलाडी थिए । 

नेयमार सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन पाउन्डमा पिएसजीमा अनुबन्ध भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै सन् २०२१ मा मेस्सीको इच्छा विपरित सम्झौता अन्त्य गरेपछि  पिएसजी पुगेका थिए ।

गत सिजन पिएसजीले लिग जिते पनि च्यापियन्स लिगको उपाधि सपना भने पूरा हुन सकेन । यी दुईका लागि समेत सो सिजन सोचे अनुरूपको रहेन । जारी सिजन भने उनीहरू उत्कृष्ट लयमा देखिएका छन् । त्यसैले क्लब च्याम्पियन्स लिगको उपाधि सपना साकार पार्नेमा आशावादी देखिएको छ ।

‘नेयमारलाई म लामो समयदेखि चिन्छु’,मेस्सीले भने, ‘हामीलाई एकअर्काको क्षमता थाहा छ । म नेयमारसँग बार्सिलानामा लामो समय सँगै खेल्न चाहन्थे, त्यो इच्छा पूरा भएन । तर, अहिले पुनः हामी पिएसजीमा सँगै छौँ । त्यसैले म खुसी छु । आशा छ क्लबले हामीमाथि गरेको विश्वासअनुसारकै नतिजा दिन सफल हुनेछौँ ।’ 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ११:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया