काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको अधिवेशनमा प्रमुख अतिथिका रूपमा उपस्थित शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भाषण प्राध्यापकहरूले बहिष्कार गरेका छन् । शिक्षामन्त्री पोखरेलले प्राध्यापकका समस्या सुन्न नमानेको भन्दै उनीहरूले मन्त्रीको भाषण बहिष्कार गरेका हुन् ।
प्राध्यापकहरूले प्राज्ञिक क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक कर्मचारीले लामो समयदेखि तलब नपाएको र सिनेट बैठक बस्न नसकेको विषयमा प्राध्यापकहरुले शिक्षामन्त्रीसँग गुनासा गर्न खोजेका थिए । तर, मन्त्री पोख्रेलले व्यस्तता देखाउँदै प्राध्यापकको गुनासो सुन्न नमानेपछि उनको भाषण बहिष्कार गरिएको हो ।
शिक्षामन्त्रीले भाषण गर्न सुरु गरेपछि प्राध्यापकहरु हलबाट बाहिरिएका थिए । यसअघि त्रिवि प्राध्यापक संघको अधिवेशनमा पनि शिक्षामन्त्री पोखरेलले आफू हतारमा छु भन्दै प्राध्यापकहरूको कुरै नसुनी भाषण गरेर बाहिरिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।