साबा महिला च्याम्पियनसिपमा श्रीलंकको सामना गर्दै नेपाल

माल्दिभ्समा भइरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछ । यो खेल नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ ।

साविक विजेता श्रीलंकाविरुद्ध मैदान उत्रिँदा नेपाल पहिलो जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ४७–५१ ले पराजित भएको थियो । 

श्रीलंका पनि नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा भुटानविरुद्ध ९८–३३ को सहज जित दर्ता गरेको थियो । 

सन् २०१६ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा श्रीलंका विजेता बन्दा घरेलु टोली नेपाल उपविजेता भएको थियो । दक्षिण एसियाका चार राष्ट्र सहभागी प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल भुटानसँग बुधबार खेल्नेछ ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ११:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया