महिला बास्केटबल विश्वकप : खेल हारेपछि आफ्नै सहकर्मीलाई मुक्का प्रहार

अस्ट्रेलियामा जारी महिला बास्केटबल विश्वकपमा सहभागी मालीका खेलाडी आफ्नै सहकर्मीसँग झगडा गरेकी छन् । ​सर्वियासँग सोमबार भएको खेलमा ८१–६८ ले पराजित भएपछि मालीकी खेलाडी आफ्नै सहकर्मीसँग झगडामा उत्रिएकी हुन् । 

जितपछि सर्वियन खेलाडी सासा काडोले सर्वियन टेलिभिजनलाई अन्तर्वार्ता दिइरहेका बेला मालीका सलिमाटो कोउरोमाले कमिटे एलिजावेथ डाबोउलाई तीन मुक्का प्रहार गरेकी थिइन् ।

यी दुईको झगडा मिलाउन टोलीका अन्य खेलाडीलाई पनि मुस्किल भएको थियो । यो दृश्य क्यामेरामा कैद भएपछि अहिले यसको चर्चा भइरहेको छ । कोउरोमाले मुक्का प्रहार गर्नुको कारण भने खुलाएको छैन । 

जारी विश्वकपमा मालीको यो लगातार चौथो पराजय हो । यसअघि उसले जापान, घरेलु टोली अस्ट्रेलिया तथा फ्रान्ससँग हार बेहोरेको थियो । विश्वकपको समूह ‘बी’ को मालीले आफ्नो अन्तिम खेल क्यानडासँग खेल्ने छ । 

यो घटनाको सम्बन्धमा विश्व बास्केटबलको सर्वोच्च निकाय फिबाले अनुसन्धान गर्ने बताएको छ । नाइजेरियाले विश्वकपबाट नाम फिर्ता लिएपछि मालीले खेल्ने अवसर पाएको थियो ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १३:१६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया