अमेरिकी सहायकमन्त्री एलिजाबेथ भाेलि नेपाल आउँदै

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधबार नेपाल आउने भएकी छन् । 

उनले नेपालसहित यूएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा ट्रुडोले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफल गर्ने कार्यक्रम छ ।

यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उनको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।  
 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १४:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया