पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० गोलको अग्रता

बंगलादेशविरुद्ध नेपालले पहिलो हापमा तीन गोलको अग्रता लिएको छ । २० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका हुन् । 

साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७औं मिनेटमा विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल दुई गोल थपे । त्यसको १० मिनेटमा पुनः उनले तेस्रो गोल गरेका हुन् । जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन । 

यो विष्टको १०औं अन्तर्राष्ट्रिय गोल हो । नेपालले बंगलादेशविरुद्ध २४औं खेल खेलिरहेको छ ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १९:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया