अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्धको नेपालको जित

बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपालले जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपालले ३–१ को जित हात पारेको हो ।

नेपाललाई जित दिलाउन अञ्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका लागि सज्जाद हुसेनले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा अञ्जनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । २७ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

३८ औं मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३(० को आरामदायी अग्रता लिएको थियो ।

अञ्जन नेपालका लागि ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी हुन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले यो उपलब्धि हात पारेका थिए ।

५७ औं मिनेटमा सज्जादले गोल गरेपछि खेल ३१ को स्थितीमा सकिएको हो ।

यही खेलमार्फत ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।



खेलको ८३ औं मिनेटमा ऋतिक सेसेहाङ आङदेम्बे तथा आशिष विमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।



  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १९:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया