अरिंगालले टोकेर बागलुङमा एकजनाको मृत्यु

बागलुङमा अरिंगालले टोकेर एकजनाको मृत्यु भएको छ । अरिंगालले टोकेर जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार रातको समयमा घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र मंगलबार बिहान घरमै ज्यान गएको हो ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार २०:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया