कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समिति संयोजकमा डा. महत

नेपाली कांग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ । 

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन भएको हो । 

देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य तथा प्रवक्ता महतलाई संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजक बनाएका हुन् ।


 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार २१:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया