डा. केसीले २४ दिन लामो आमरण अनशन स्थगन गरे

काठमाडौं– शुभचिन्तकको निरन्तर आग्रहपछि १६औँ अनशनमा रहेका डा. गोविन्द केसीले शुक्रबार साँझ अनशन तोडेका छन् । नागरिक समाजका अगुवाको आग्रहलाई स्वीकार गर्दै डा. केसीले २४ दिन लामो सत्याग्रह हाललाई स्थगन गर्ने निर्णय लिएका हुन् । 

यसअघि केसीलाई भेटेर शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादवले सत्याग्रह जारी राखे पनि आमरण अनशन तोड्न आग्रह गरेका थिए । त्यसैगरी, बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले अनशन स्थगित गर्न आग्रह गरेका थिए । 

शुक्रबारै एक विज्ञप्ति जारी गर्दै केदारभक्त माथेमा, प्रा.डा. मदन उपाध्याय, प्रा.डा. रमेशकान्त अधिकारी, प्रा.डा. अर्जुन कार्की, प्रा.डा. भगवान कोइरालालगायतले सत्याग्रहको कार्यक्रम पुनर्विचार गर्न आग्रह गरेका थिए । 
 






  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १९:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया