खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् । मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेश विरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरूलाई मन्त्री अथकले बधाई दिएका हुन । 

सामाजिक सञ्जालमा खेलाडीहरूसँगको तस्बिर शेयर गर्दै मन्त्री अथकले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् । मंगलबार बेलुका नेपाल र बङ्गलादेश बिचको खेल हेर्न दशरथ रङ्गशाला पुगेका मन्त्री अथकले खेल सकिए लगत्तै मैदानमै पुगेर खेलाडीहरूलाई बधाई दिएका थिए ।

विजयी सेलिब्रेशन गरी रहेका खेलाडीहरूलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री अथकले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगायतका खेलाडीसँग केही समय भलाकुसारी गरेका थिए । प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीहरूको हौसला समेत बढाएका थिए । मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।   
 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १०:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया