एन्फा सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिए

अखिल नेपाल फुटबल संघ (एन्फा)मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष साधारणसभाबाट अधिकारी र धिमाल चुनिएका हुन् । यससँगै एन्फमा २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । 

यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुंगो लागेको थिएन । त्यसपछि विशेष साधारणसभाको तयारीमा रहेका चार सदस्यका उम्मेदवारमध्येबाट टुंगो लगाउने निर्णय भएको थियो । सोही अनुसार बुधबारको विशेष साधारणसभाबाट अधिकारी र धिमाल विजयी भएको एन्फाका महासचिव किरण राईले पत्रकार सम्मेलनमा जानकारी दिए । 

विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत मात्र प्राप्त गरेका थिए । बुधबारकै विशेष साधारण सभाले २०७८ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । 

साधारणसभाले फुटबल सञ्चालनका लागि दीर्घकालीन योजनासहित विभिन्न कार्यक्रमसहित फुटसललाई व्यवस्थित बनाउने, विभिन्न स्थानमा एकेडेमीका कार्यक्रमलाई सञ्चालनमा ल्याउने, एन्फाको आर्थिक कार्यविधि संशोधनसहित पारित समेत गरेको छ । 

साथै, साधारणसभामा भौतिक पूर्वाधार निर्माण, अनुशासन समितिसहित फुटसल लाइसेन्सिङ तथा सञ्चालन कार्यविधिलाई पनि पारित गरेको छ ।



एन्फाले मोफसलमा आयोजना हुने प्रतियोगिताका लागि सकेसम्म मिति नजुध्ने गरी तालिका बनाएको र खेलाडीलाई प्रतियोगिता अनुसार खेल्नसमेत आग्रह गरेको छ । सबैखाले प्रतियोगितामा सबै खेलाडीलाई उपस्थित नहुन भन्दै राम्रा खेलाडीलाई प्रतियोगिताको स्तर अनुसार सहभागित हुन आग्रह पनि गरेको छ । 
 



  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १८:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया