थपिए ४५ जना कोरोना सङ्क्रमित
फाइल तस्बिर

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण भएको पाइएको हो । 

बितेको चौबिस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । उक्त समयमा ७० जना कोरोना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ हजार ७७ रहेको छ ।  





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार १७:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया