फिट थिए बलिउडका यी अभिनेता, जिम गर्दा गर्दै भयो हृदयघात

बलिउडमा फेरि एक दुखद खबर आएको छ । अभिनेता सलमान खानको बडी डबलको रोल निर्वाह गर्ने सागर पाण्डेको ३० सेप्टेम्बरमा निधन भएको छ । 

उनको जिममा वर्कआउट गरिरहेको समयमा हृदयघातका कारण निधन भएको हो । फिल्म बडिगार्डमा पनि उनी सलमानको डुप्लिकेटको भूमिकामा थिए ।

सागर सलमान पाण्डेको नामबाट पनि चिनिने उनी नियमित जिम गर्ने फिट भएको उनका साथीहरुले बताएका छन् ।

यसअघि बलिउडमा कमेडियन राजू श्रीवास्तवको पनि जिम गर्दागर्दै हृदयघात भएपछि अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उनको अस्पतालमा निधन भयो ।





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार २३:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया