नेकपा एसलाई १६ सिट मात्र दिने गठबन्धनको प्रारम्भिक निर्णय

सत्तारुढ गठबन्धनले आगामि प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीलाई १६ निर्वाचन क्षेत्रमा गठबन्धन गरेर अगाडि बढ्ने प्रारम्भिक निर्णय गरेको छ । 

तर, बैठकमा यो विषयमा छलफल गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।

बैठकमा यस्तो छलफल चलेपछि उनी सत्तारुढ गठबन्धनको बैठक बीचमा नै छाडेर निस्किएका थिए । तर, उनी बैठकबाट बाहिरिए पनि यही निर्णय भएको र यसलाई नै अन्तिम स्वरुप दिने तयारी गरेको छ । नेपालले भने आफ्नो पार्टीलाई कम्तिमा २५ सिट दिनु पर्ने दाबी गर्दै आएका छन् । 

सत्तारुढ गठबन्धनले अहिलेसम्म आगामि निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन ।





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार २३:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया