मोरङका ६ निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार हुँदैछन् यी नेता

नेकपा एमालेले आगामि ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाइसकेको छ । तर, अहिलेसम्म औपचारिक रुपमा त्यसलाई सार्वजनिक गरिएको छैन । केही स्थानमा दुई वा दुईभन्दा बढी नेताको दाबीमाथि एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई त्यसलाई टुंग्याउने जिम्मेवारी दिएको छ ।

एमालेले मोरङमा भने उम्मेदवारको टुंगो लगाइसकेको छ । 

मोरङका ६ क्षेत्रमा एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवारहरुको टुंगो लागिसके पनि प्रदेशका केही स्थानमा अझै उम्मेदवारको टुंगो नलागिसकेको नेकपा एमालेका एक नेताले फरकधारलाई जानकारी दिए । 

ती नेताका अनुसार एमालेले मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडालाई टिकट दिने भएको छ । त्यस्तै, मोरङ २ मा ऋषिकेश पोखरेलले प्रतिनिधिसभाका लागि टिकट पाएका छन् । 

३ नम्बर क्षेत्रमा भानुभक्त ढकाल प्रतिस्पर्धामा उत्रिनेछन् ।

त्यस्तै, मोरङको ४ नम्बर क्षेत्रमा विनोद ढकालले प्रतिनिधिसभाको टिकट पाउँदैछन् । उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका भीम पराजुलीसँग विराटनगर महानगरपालिकाको मेयरमा पराजित भएका थिए । 



मोरङ क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डललाई एमालेले टिकट दिने निश्चित भएको छ । त्यस्तै, यसअघिजस्तै यसपटक पनि मोरङ क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितले प्रतिनिधिसभाका लागि टिकट पाउँदै छन् ।

एमालेले प्रदेश सभाका लागि १ नम्बर क्षेत्रमा रुपेश खतिवडाको नाम टुंग्याएको छ । त्यस्तै, २ नम्बरको ख का लागि लिलावल्लभ अधिकारीको नाम टुंगिएको छ । यी दुवैमा अन्य दुई उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुंगिएको छैन । 



मोरङ ३ को प्रदेशसभाका लागि दुई उम्मेदवारमा एमालेले ज्ञानेन्द्र सुवेदी र रामकुमार बस्नेतको नाम टुंग्याएको छ । त्यस्तै, मोरङ ४ बाट प्रदेश सभामा जीवन घिमिरे र जयप्रकाश राजवंशीले टिकट पाउने भएका छन् । 

मोरङ–५ का दुई प्रदेशसभाका लागि ज्ञानेश्वर राजवंशी र मोहम्मद दिलशादले टिकट पाउने भएका छन् । 

मोरङ ६ मा प्रदेशसभाका लागि नागेश पोखरेल र कृष्ण बस्नेत (पर्शुराम)ले टिकट पाउने पक्कापक्की भएको छ । बस्नेत नेकपा एमालेसम्बद्ध नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजकसमेत हुन् ।

  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १४:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया