रुस-युक्रेन मामिलामा यूएन निरीह बन्नु गम्भीर : बाबुराम भट्टराई
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुसले युक्रेनको भूभाग अतिक्रमण गरेको भन्दै त्यसको विरोध गरेका छन् । 

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेको भट्टराईले कुनै सार्वभौम मुलुकको भूभाग अर्को देशले कुनै पनि बहानामा र प्रायोजित जनमत संग्रहमार्फत अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताएका हुन् । 

यस्तै, उनले रुस र युक्रेन प्रकरणमा युएन निरीह बन्नु पनि गम्भीर भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत भट्छरार्यले अरूलाई खाने बाघले आफूलाई पनि खाने भन्दै सचेत रहन पनि आग्रह गरेका छन् ।   





  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १०:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया