बर्दियामा भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिँदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मीरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।