दसैंलाई देखावटी, खर्चिलो र भड्किलो बनाउनु हुँदैन : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले दसैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् । बडादसैं २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दसैंले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

दसैंले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भन्दै कामनासमेत गरेका छन् । 

प्रकृतिको सुन्दर छटामुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृति, परम्परा र मूल्यमान्यताले अत्यन्त धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको उल्लेख गरेका छन् ।

‘दसैंले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न ऊर्जा प्रदान गरोस्,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार ९:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया