बेलायतमा हाँस्यकलाकारद्वय बल्छी धुर्वे र राजु मास्टरको प्रस्तुती

दसैं मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी  धुर्वे), राजु पौडेल (राजु मास्टर) को प्रस्तुति रहेको पहिलो शोलाई दर्शकले रुचाएका छन् ।

बेलायतमा पहिलोपटक कार्यक्रम लिएर आएका कलाकारद्वयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा प्रस्तुति दिएका थिए । 

२ सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे । 

कार्यक्रमा राजु मास्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलक प्रस्तुति प्रस्तुत गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा सहभागी स्थानीय आस्था भट्टराई हास्य-व्यङ्ग्य प्रस्तुति गरेकी थिइन । ठाउँको ठाउँ मानिसरलाई रोष्ट गर्न सक्ने बल्छी ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन् । 



त्यस्तै, गायक प्रकाश कटुवालले बेलायत आउनेले भोगेको बेथा पोख्दै तेस्रोपटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए । 



  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार १२:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया