राम बन्न डराएका थिए प्रभास

अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन् ।

प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको खुलाएका छन् । ‘म प्रभु रामको भूमिका निर्वाह गर्दा निकै डराएको थिएँ । तीन दिनपछि मैले ओम राउतलाई फोन गरेर यदि मबाट केही गल्ती भयो भने...। धेरै माया, सम्मान र डरसँगै हामीले यो फिल्म पुरा गर्‍यौँ । यो सबै काम भगवान रामको कृपाले नै सम्भव भयो’, उनले भनेका छन् ।

फिल्ममा प्रभासको अपोजिटमा कृति सेननले अभिनय गरेकी छन् । फिल्म आगामी वर्षको १२ जनवरीमा रिलिज हुँदै छ । फिल्मले भगवान् रामको गाथा बोल्नेछ । टिजर सार्वजनिक भएपछि फ्यानहरुले फिल्म बहिस्कारको माग गरिरहेका छन् । उनीहरूले फिल्ममा रावण बनेका सैफ अली खानको लुक्स देखेर निराश बनेको प्रतिक्रिया दिएका छन् ।   





  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार १९:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया