श्री राम दिग्विजय रथ यात्रा आज जनकपुरधाम आउँदै

भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट सुरु भएको श्री राम दिग्विजय रथ यात्रा आज जनकपुरधाम आउन लागेको छ । 

भगवान श्रीरामको दिग्विजय रामराज्य रथ यात्रा बुधबार अयोध्याबाट सुरु भएको हो ।  यो रथ यात्रा भारत र नेपालको मिलाएर २७ वटा राज्य हुँदै ६० दिनमा १५ हजार किलोमिटरको यात्रा तय गरी जनजागरण गर्ने बताइएको छ । 

विश्व हिन्दू परिषद् एवं अखिल भारतीय सन्त समितिको सहयोगले शक्ति शान्तानन्द महर्षिको तत्वावधानमा करीब ४० जना अनुयायिद्वारा सुरु गरिएको यस रथ यात्रामा ७ वटा सवारीसाधनका साथ भगवान श्रीरामको पादुकाका साथै स्वर्ण रथ पनि सुशोभित छन् । 

शक्ति महर्षिका अनुसार तीन उद्देश्यका साथ यो रथ यात्रा सुरु गरिएको हो । जसमा भारत सरकारसँग इण्डियालाई भारत घोषित गर्नुपर्ने, भारतको शिक्षामा रामायणलाई पनि समावेश गर्नुपर्ने र भारतको असली इतिहास शिक्षामा समावेश गर्नुपर्ने माग गरिएको छ । 

विश्वको कल्याणका लागि जुन प्रकारले अश्वमेघ श्रीराम यज्ञको आयोजना गरिएको थियो । सोही प्रकारले साधुसन्तहरुको सानिध्यमा यो रथ यात्रा निकालिएको हो । 

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले आज जनकपुरधाम प्रवेश गर्न लागेको यस ऐतिहासिक रथ यात्रामा समाजका सबै व्यक्तिलाई उपस्थित भई यात्रालाई सफल बनाइदिन आग्रह गरेका छन् । 



यसैबीच रथयात्रामा सहभागी साधुसन्तलाई जनकपुरधाम उपमहानगरपालिका, माँ जानकी जनकपुरधाम यातायात प्रालि, श्री श्री १०८ श्री महावीर मन्दिर, वडा नम्बर–७ को कार्यालयलगायतकाले जनकपुरधाममा भव्य स्वागत गर्न लागेको छ ।



  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १३:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया