नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारको नाम टुङ्ग्याएको छ । शुक्रबार राति बैठक बसेर आफ्नो भागमा परेका १९ क्षेत्रमा उमेदवार टुङ्ग्याएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसपालि पनि रौतहट–१ बाट चुनाव लड्ने छन् । त्यस्तै, समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–१ बाट चुनावी मैदानमा उत्रने निर्णय गरेका छन् ।
यी हुन् समाजवादीले टुंगो लगाएका प्रतिनिधिसभाका उमेदवार
१. इलाम क्षेत्र न. १ - झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ - कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ - मेटमणि चौधरी
१४. सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा - धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ - अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुँवर
१८. बझाङ - भानुभक्त जोशी
१९. डोटी - प्रेमबहादुर आले
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।