जनता समाजवादी पार्टी (जसपा) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्ग्याएको छ । तराईका १४ जिल्लामा एमालेसँग तालमेल गर्ने सहमतिपछि जसपाले शनिबार साँझ उम्मेदवारको नाम टुङ्ग्याएको हो ।
जसअनुसार संघीय परिषद् अध्यक्ष अशोक राईले सुनसरी निर्वाचन क्षेत्र १ बाट चुनाव लड्ने छन् । पूर्वमन्त्री रेणु यादवलाई भने मधेस प्रदेश सभाको उम्मेदवारको टिकट दिइएको छ । उनी सिरहा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा उम्मेदवार हुने छिन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहरिएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने टुंगो लागि नसकेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यी हुन् जसपाका टुंगो लागेका उम्मेदवार
सुनसरी-१ : अशोक राई
सप्तरी-३ (ख) - विदेश्वर यादव
सिरहा-१ (ख) - राजकुमार गुप्ता
सिरहा-२ - राजकिशोर यादव
सिरहा-२ (ख) - विजय यादव
सिरहा-३ (ख) - रेणु यादव
सिरहा ४ - डा. वीरेन्द्र महतो
सिरहा-४ (ख) - सुरेश मण्डल
घनुषा-१ - दीपक कार्की
घनुषा-१ (क) - सुकेश्वर यादव
घनुषा-२ - गंगाराम यादव
घनुषा-२ (क) - शैलेन्द्र यादव
घनुषा-२ (ख) - राम अशिष यादव
घनुषा-३ (क) - जितेन्द्र यादव
घनुषा-४ (क) - ज्ञानेन्द्र यादव
महोत्तरी-१ (ख) - राम श्रेष्ठ महतो
महोत्तरी-२ (क) - घमेन्द्र साह
महोत्तरी-३ : हरिनारायण यादव
महोत्तरी-३ (क) - दिपेन्द्र झा
महोत्तरी-४ : सुरेन्द्र यादव
महोत्तरी-४ (ख) - सरोज कुमार सिंह
सर्लाही-१ : प्रमोद साह
सर्लाही-२ (ख) - अशोक यादव
सर्लाही-३ (ख) - संजय यादव
सर्लाही-४ - राकेश मिश्रा
सर्लाही-४ (ख) - उदय कान्त मिश्र
रौतहट-१ (ख) - योगेन्द्र यादव
सर्लाही-३ (क) - रामाश्रय चौघरी
सर्लाही-४ (ख) - शेष अबुल कलाम
बारा-१ (ख) - सरोज कुमार यादव
बारा-२ : राम सहाय प्रसाद यादव
बारा-२ (ख) - बच्चा राउत अहिर
बारा-३ - रामबाबू कुमार यादव
बारा-३ (क) - भरत खडगा
बारा-३ (ख) - पारस प्रसाद साह
बारा-४ (ख)- आत्मा राम साह
पर्सा-१ : प्रदीप यादव
पर्सा-१ (ख) लाल बाबू राउत
पर्सा-२ : सुरेन्द्र कुर्मी
पर्सा-२ : (क) - राम नरेश यादव
पर्सा-३ : (ख) - डा. मघु गुप्ता
पर्सा-४ : (ख) - सिंहासन साह कलवार
बाँके-२ : मो. इस्तियाक राई
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।